कञ्चन पत्रकारिता पुरस्कार शान्ति गुरुङ र केबी रानालाई

पोखरा, २१ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज०द्वारा सञ्चालित यस वर्षको ‘कञ्चन पत्रकारिता पुरस्कार’ पत्रकारद्वय शान्ति गुरुङ ९कास्की० र केबी रानामगर ९नवलपुर०लाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिको सिफारिशअनुसार महासङ्घको बैठकले उहाँहरूको नाम अनुमोदन गरेको फोनिजका अध्यक्ष एमबी आस्थाले जानकारी दिनुभयो ।

पुरस्कार राशि जनही रु २५ हजार तथा सम्मानपत्र रहेको छ । गुरुङ रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा कार्यरत हुनुहुन्छ भने मगर नवलपुरको देवचुली टिभीमा कार्यरत हुनुहुन्छ । यही साउन २७ मा आयोजना गरिने कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने भएको छ ।

पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजुका परिवारले सो पुरस्कार स्थापना गर्नुभएको हो । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील दुई पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आइएको छ । यसअघि बागलुङका राजेन्द्रमान राजभण्डारी र कास्कीका रुद्रबहादुर थापालाई पुरस्कार प्रदान गरिएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *