अग्रवाल भवनमा बन्यो आइसोलेसन सेन्टर

काठमाडौँ, ४ जेठ : कमलपोखरीमा रहेको अग्रवाल भवनमा आइसोलेसन सेन्टर निर्माण गरिएको छ । उक्त आइसोलेसन सेन्टरको उद्घाटन राजदूत क्वात्राले गरेका हुन् । कात्त्राले उद्घाटनको क्रममा कोभिड १९ को महामारी दक्षिण एसियामा तीव्र रुपमा फैलिएको भन्दै महामारीका विरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक पर्ने उनले बताए ।

अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एसोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेको उक्त आइसोलेशन सेन्टरमा करिब १ सय २६ जना अट्न सक्ने क्षमता छ । आइसोलेसन केन्द्रमा एउटा हलमा ९० जनासम्म मानिस राख्न सक्ने गरी व्यवस्थित गरिएको छ । प्रति कोठामा दुई जना बस्ने गरी १८ वटा कोठा बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *