मधेशी आयोगका अध्यक्ष द्वारा मुखियापट्टी मुसरनिया घटनाको स्थलगत अनुगमन

धनुषा, ३० जेठ :  मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले प्रदेश-२ को धनुषा जिल्लामा पर्ने मुखियापट्टी मुसरनियामा मिति २०७८/०२/२८ गते ५ जना बालिका पोखरीमा डुबेर मृत्य भएको घटनाको घटनास्थलमा पुगी स्थलगत अनुगमन गर्नुभएका छन् | घटनास्थलमा अनुगमन पश्चात माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले शोक सन्तप्त परिवारहरुको घरमा पुगी संवेदना प्रकट गर्दै उनीहरुको अवस्थाबारे जानकारी लिनुभएको थियो |

तत्पश्चात उक्त घटनाबारे गाउँपालिकाका अध्यक्ष तथा वडा नम्बर ६ का अध्यक्ष समेतलाई भेटी शोक सन्तप्त परिवारलाइ उचित राहतको व्यवस्थापन गर्न समेत पहल गर्नुभयो | माननीय अध्यक्षज्यूले सो घटनाबारे त्यहाँका स्थानीय प्रहरीलाई यथाशिघ्र सो घटना कसरी घट्न गएको हो सो को सत्यतथ्य छानविन गर्न निर्देशन दिनुभएको छ र यस्ता घटनाहरु तराई-मधेश क्षेत्रमा बेला-बेलामा घटिरहने भएकाले यसको दिर्घकालिन सामाधान बारे समेत चासो व्यक्त गर्नुभयो |

माननीय अध्यक्षज्यूले सो घटनाबारे नेपाल सरकारलाई ध्यानाकर्षण गराई उचित राहतको व्यवस्थापनका लागि आयोगले यथाशिघ्र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *