विद्यालय, फिल्म हल,पार्टी प्यालेस र रंगशाला बैशाख मसान्तसम्म बन्द

काठमाडौँ, ६ वैशाख । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सरकारले शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्री परिषद् बैठकको निर्णय अनुसार रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

र‌गंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । यसो हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज दर्शकविना सन्चालन हुनेछ । मन्त्रिपरिषदको आज बसेको बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।

जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने उनले बताए । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *