युथ डेभलपमेन्ट सोसाइटीद्वारा वृहतर परिक्रमा सडकखण्ड सरसफाई कार्यक्रम

जनकपुर । युथ डेभलपमेन्ट सोसाइटीद्वारा वृहतर परिक्रमा सडकखण्ड सरसफाई कार्यक्रम, नागरिक जनचेतना र परिक्रमामा सहभागी हुने सम्पुर्ण नगरवासी, जिल्लावासी,प्रदेशवासी, नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु लगायत अन्य देशबाट आउने श्रधालु भक्तजनहरु लाई स्वागत, सम्मान र सहजिकरणको लागि कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको केन्द्रबिन्दु भनेको राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय उपाध्यक्ष सन्जिव झा प्रमुख अतिथिको रुपमा रहेको थियो भने विशिस्ट अतिथिको रुपमा संघीय प्रहरी कार्यालयको प्रहरी उपरीक्षक (एस.पि),राजर्षी जनक विश्वविद्यालयको प्रमुख डा. सरोज ठाकुर, रा.ज.वि केन्द्रिय कर्मचारी संघका अध्यक्ष राम वृक्ष दास,बाल कलब प्रदेश न.२ अध्यक्ष आशुतोष झा,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डि.एस.पि) मकेन्द्र मिश्र,शस्त्र प्रहरी बल धनुषाका (डि.एस.पि) डम्बर बहादुर राणा रहेको थियो भने अतिथी को रुपमा वाडा न.०७ का वडा अध्यक्ष जानकी राम साह र वडा न.१३ का अध्यक्ष भारती सिंह रहेका थिए ।

साथै कार्यक्रममा व्यपारी, बुधिजिवी,समाजसेवी,स्थानीयवासी,समाजिक अभियानता लगायत युवाहरुको भारी उपस्थित देखियो । कार्यक्रममा करिब ४०० जनाजतिको सहभागिता हेरेर प्रमुख अतिथी झा ले खुशी व्यक्त गरेको थियो । सरसफाइको महत्व बताउदै प्रमुख अतिथी झा ले सम्पुर्ण नेपाली जनतासंग सरसफाइमा ध्यान दिन अनुरोध गर्दै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा होलिको शुभकामना व्यक्त गरेको हो ।

युवा नेतृत्व विकास गर्ने प्रमुख उदेश्य रहेको यस संस्थाका अध्यक्ष श्री रवि कुमार साहले आफ्नो मन्तव्यमा जनकपुरधाम उप.महा.न.पालिकाको ध्यानाकर्षण आज YDS का कारण भएको कुरामा खुसी व्यक्त गरको थियो भने नगर अध्यक्ष लाल किशोर साहले यस पर्तीले को निर्णय सहरानिय हो र यस्का लागि अध्यक्ष साहले नगर अध्यक्ष लाई धन्यवाद समेत व्यक्त गरेका थिए । यस कार्यक्रममा वडा अध्यक्ष जानकी राम साह र भारती सिंह लाई समेत धन्यवाद व्यक्त गरेको थियो । ७४ जना उपस्थित कार्यक्रममा संस्थाका युवा बिबेक कर्न,धिरज महासेठ,सतिश बस्नेत,गौतम पन्डित,बज्रङ शर्मा,कृष्ण महतो,वास्वन्त कर्न,कृष्णा साह,अभिषेक यादव,रुपेश झा,जितेन्द्र,बिरेन्द्र,सन्तोश साहले मुख्य भुमिका खेलेकोमा अध्यक्ष साहले सबमा आभार प्रकट गरेका थिए ।

चैत १० गते देखि चैत १४ गते सम्म पाँच दिने रहेको कार्यक्रममा विभिन्न मान्नी र सम्मानिय व्यक्तित्वहरुको अतिथियमा कार्यक्रम आज पाँचौ दिन आफ्नो उदेश्य प्राप्ति पश्चात् कार्यक्रम समाप्त भएको छ भन्ने जानकारी दिपेश कुमार भण्डारिले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *