के अब नेपालकाे राजनीतिक अस्थिरतामा खुलेरै चिनियाँ क्रियाकलाप न्यायपालिका र निर्वाचन आयोगमा केन्द्रित छन् ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयले मुलुकलाई एक नयाँ राजनीतिक अराजकता र अन्योलतामा पारेको  छ ।

यस्तो तीव्र आन्तरिक अस्थिरताले मुलुकमा निहित स्वार्थ समूहहरू मौलाउने र वास्तविक एजेण्डाहरूलाई कमजोर बनाएको छ ।

पछिल्लो राजनीतिक अस्थिरतामा खुलेरै नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग भेट गर्ने र आन्तरिक व्यवस्थापनमा चासो राख्ने चिनियाँ कम्युनिस्ट पार्टीको भूमिकाप्रति प्रश्नहरू उठेका छन् ।

मुलुक अस्थिरतामा गएको, देशव्यापी विरोध प्रदर्शन भइरहेको र संसद् विघटनको मुद्दा न्यायालयमा विचाराधीन भएको अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीले काठमाडौंमा विभिन्न राजनैतिक दल र अन्य संस्थासँगको क्रियाकलापमा पनि तीव्रता दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको केही समयपछि चिनियाँ उपमन्त्री गुओ येजुले ५ दिने नेपाल भ्रमणका लागि काठमाडौं ओर्लिएका थिए । उनले काठमाडौंमा विभिन्न राजनीतिक दलका शीर्ष नेतरुसँग भेट गरेका थिए ।

चिनियाँ उपमन्त्री येजु फर्किए पनि नेपालको राजनीतिक अवस्थालाई थप अस्थिरता बनाउनका लागि थप चिनियाँहरू नेपालमा सक्रिय रहेको पाइएको छ । स्रोतका अनुसार संसद् विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम निर्णयको अवस्थामा रहेकै समयमा १० जना चिनियाँ अधिकारीहरूको टोली यसै हप्ता काठमाडौं पुगेको बताइएको छ ।

काठमाडौं आइपुगेको चिनियाँ टोलीले सम्भवतः न्यायपालिका र निर्वाचन आयोगमा हस्तक्षेप गर्ने र राजनीतिक दलहरू पछि हट्नसक्ने बताइएको छ । नेपालमा राजनीतिक अस्थिरता भएको र महामारीको जोखिम कायमै रहेको समयमा यतिधेरै चिनियाँ टोलीहरू नेपालमा किन ओहोरदोहोर गरिरहेन छन् भन्ने हरेक स्वाभीमानी नेपालीले स्वभाविक प्रश्न गर्नुपर्ने समय आएको छ ।

चीनले नेपाल भित्रिने सामानहरू सीमा क्षेत्रमै राखेर सीमा खुला गरेको छैन । मुलुकमा आर्थिक नाकाबन्दी लगाएको चीनले नेपालको राजनीतिक चलखेलका लागि भने आफ्ना प्रतिनिधिहरूलाई ओहोरदोहोर गराइरहेको छ । महामारीको बहानामा चीनले आर्थिक नाकाबन्दी लगाउँदा नेपालले ठूलो क्षति व्यहोर्नुपर्‍यो ।

हालको राजनीतिक अवस्थामा चीन संलग्न छ कि छैन भनेर धेरै समय खर्चिनुपर्ने आवश्यकता छैन । किनभने चिनियाँ टोलीले यसअघि गरेका गतिविधि र राजदूतको कूटनीति मर्यादाविपरीत भइरहेका भेटघाटहरूले त्यो कुरालाई पुष्टि गर्दछ । चिनियाँहरूले नेपालको राजनीति माथिको हस्तक्षेपका लागि गरेका बहानाहरू धेरैदिन लुकाउन सक्दैनन् । अब हरेक स्वाभिमानी नेपालीका लागि र सार्वभौम नेपालका लागि चिनियाँ हस्तक्षेपकारी नीति सह्य हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *