निर्णायक टेष्टको पहिलो पारीमा अष्ट्रेलियाले ३३ रनको अग्रता

काठमाडौं, माघ ४ गते । भारत विरुद्धको चौथो, अन्तिम तथा निर्णायक टेष्टको पहिलो पारीमा अष्ट्रेलियाले ३३ रनको अग्रता लिएको छ । भारतले पहिलो पारीमा ३३६ रनमा समेटिएपछि अष्ट्रेलियाले ३३ रनको अग्रता लिएको हो ।
१८६ रनमै छ विकेट गुमाएर कमजोर प्रदर्शन गरेको भारतका लागि पुछारका ब्याट्सम्यानहरुले उत्कृष्ट पारी खेलेपछि उसले तीन सयको योगफल कटाउन सफल भयो । वाशिंगटन सुन्दरले आफ्नो डेब्यु टेष्टमै अद्र्धशतकीय पारी खेलेर भारतको योगफल तीन सयमाथि पुर्याउनुभयो । श्रद्धुल ठाकुरले ६७ रनको योगदान दिनुभयो । दुबैजनाले सातौं विकेटका लागि १२३ रनको साझेदारी गर्नुभयो । उक्त साझेदारी भारतीय पारीको सबैभन्दा ठूलो साझेदारी हुन पुग्यो ।
ओपनर रोहित शर्माले ४४ तथा चेतेश्वर पूजाराले २५, अजिन्क्यै रहानले ३७ तथा मयन्क अग्रवालले ३८ रनको पारी खेले ।
अष्ट्रेलियाका लागि जोश हयाजलऊडले सर्वाधिक पाँच, मिसेल स्टार्क र प्याट्ट क्युमिन्सले सामान दुई तथा नाथन लियोनले एक विकेट लिनुभयो ।
यसअघि ब्रिसबेनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले मार्नस लबुस्नेको १०८ तथा टिम पैनको अद्र्धशतकीय पारीको सहयोगमा पहिलो पारीमा ३६९ रनको औसत योगफलसम्म पुग्न सफल भयो ।
भारतका लागि वाशिंगटन सुन्दर, श्रद्धुल ठाकुर र टी नटराजनले सामान तीन तीन तथा मोहम्मद सिराजले एक विकेट लिनुभयो । चार म्याचको श्रृखंला १–१ को बराबरीमा रहेको छ । संभार : गोरखापत्र अनलाइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *