संसद विघटन विरुद्ध परेको रिटमाथि आज सुनुवाई हुँदै

काठमाडौं २२ पौष । संसद विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालसमा परेको रिटको सुनुवाई आजबाट सुरु हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएर प्रतिनिधिसभा विघटन भएको थियो । विघटन भएको प्रतिनिधिसभा असंवैधानिक र अलोकतान्त्रि भएको भन्दै अदालतमा रिट परेको हो ।

अदालतले प्रधानमन्त्री , राष्ट्रपति र सभामुखसँग संसद विघटन गर्नुको कारण माग्दै कारण देखाउ आदेश जारी गरेको थियो । भने ति तिनै निकायले आ- आफ्नो लिखित कारण अदालतलाई बुझाइसकेका छन् ।

यस विषयमा सर्वोच्चलाई सघाउन एमिकस क्यूरी समेत गठन भएको छ । जसमा सतिशकृष्ण खरेल,पूर्णमान शाक्य, बद्रिबहादुर कार्की, विजयकान्त मैनाली र गीता संग्रौला रहेका छन् ।

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न नसक्ने भन्दै परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहितन्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी लगायतले संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेका मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गर्ने भएका छन् ।

सर्वोच्चले दिने आदेश कस्तो हुन्छ र विभाजित भएको नेकपा पार्टी कु मोडतिर जान्छ भन्ने यतिबेला सबैको चासोको विषय बनेको छ । तर संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने भएकाले आदेश आउन एक महिना लाग्न सक्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *