देशभरमा ४०९ कोरोना संक्रमित थपिए, ४९५ डिस्चार्ज

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ ।

यसअघि मंगलबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७४८ थियो ।

पछिल्लो २४ घण्टामा थप ४९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५६ हजार १६१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६६६ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८९९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *