भारतीय विदेश मन्त्री डा.एस. जयशंकर श्रीलङ्काको भ्रमणमा जाँदै

एजेन्सी- भारतका विदेश मामिला मन्त्री डा.एस. जयशंकर श्रीलङ्काको भ्रमणमा जाँदै छन् । उनी तीन दिने भ्रमणका लागि आजै त्यसतर्फ प्रस्थान गर्ने अधिकारीहरुले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र चासोका बारेमा छलफल गर्दैछन् ।

मन्त्री जयशंकरले श्रीलङ्काका आफ्ना समकक्षी दिनेश गुनावर्देना र उच्च पदाधिकारीहरुलाई भेट्ने तालिका रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वक्तव्यमा लेखिएको छ, ‘विदेश मन्त्री जयशंकरले यही जनवरी ५—७ सातसम्म श्रीलङ्काका भ्रमण गर्नु हुनेभएको छ । भ्रमणका क्रममा उहाँले उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्नेछन् ।’

सन् २०२१ लागेपछिको उनको पहिलो विदेश भ्रमण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *