सर्भरमा समस्याकाे कारण लाइसेन्स को अनलाइन फाराम फेरि बन्द

काठमाडौं २० पौष । नौ महिना पछि खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम फेरि बन्द भएको छ ।

अनलाइन सेवामा अत्यधिक चाप भएपछि सर्भरमा समस्या देखिएको विभागले जानकारी दिएको छ । आज सोमबार विभागले एक सुचना जारी गर्दै अनलाइन फारम सेवा बन्द गरिएको जानकारी गराएको छ ।

सेवाग्राहीमा पर्न गएको असुविधाको प्रति क्षमाप्रार्थी छौं सुचनामा भनिएको छ । आवेदन खुलेको ५ दिनमा नै सेवा अवरुद्ध बन्न पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *