बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जनु कपूरले विबाह गर्ने तयारीमा

काठमाडौँ । अन्तत बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जनु कपूरले विबाह गर्ने भएका छन् । यो जोडीले विबाहको तयारी सहित अहिले गोवामा छुट्टि मनाइरहेका छन् ।

मलाईकासँग उनका छोरा अरहान र बहिनी अमृता अरोडा पनिसँगै छन् । सबैले एकासाथ गोवामा क्रिसमस मनाउन पुगेको भारतीय मिडियाले जनाएको छ । अब उनी नयाँ वर्ष २०२१ समेत मनाएर फर्किने तयारीमा छन् । उनीहरुको समुहमा निर्माता निर्देशक करण जौहर समेत सरिक छन् ।

निर्देशक तथा सलमान खानका भाइ अरवाज खानसँग डिर्भोसपछि बलिउड अभिनेत्री मलाइका अरोडा खान केही वर्षयता अभिनेता अर्जनु कपूरसँग प्रेममा रहेको हल्लापछि मलाइका र अर्जुनको सम्बन्ध सन् २०२१ भित्र विवाह गर्ने सोचमा पुगेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *