सलमानको फिल्म ‘राधे’ बिक्यो २ सय ३० करोडमा

मुम्बई । बलिउड अभिनेता सलमान खान अभिनीत चलचित्र ‘राधे’ यस वर्षको इदमा प्रदर्शना आउन सकेन । कोरोना संक्रमणका कारण भारतमा लगाइएको बन्दाबन्दीपछि यो चलचित्रको प्रदर्शन हुन सकेन । प्रभु देवाको निर्देशनमा बनेको यस चलचित्रको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको निर्माण पक्षले जनाएको छ ।

प्रदर्शनमा नआए पनि यो चलचित्रलाई जि स्टुडियोले महँगो रकममा किनेको छ । चलचित्रको ट्रेलर सार्वजनिक नभएको अवस्थामा पनि यसलाई जि स्टुडियोले २ सय ३० करोडमा किनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सौर्य दैनिकमा खबर छ । चलचित्रको भारत र ओभरसिज राइट्ससँगै सेटलाइट्स राइट्स पनि यसमा समावेश गरिएको छ । कोरोनाको महामारी चलिरहेको समयमा जि स्टुडियोले अभिनेता सलमानको यो चलचित्रका लागि महंगो रकम तिरेको हो ।

अभिनेता सलमानको चलचित्रको डिजिटल र सेटलाइट्समा पनि निकै माग भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यसैकारण जिले पनि महँगो रकम तिरेर चलचित्र किनेको हो । सलमानको माग बढी रहेकाले महँगो भए पनि लगानी उठ्नेमा विश्वास जि स्टुडियोले लिएको जनाइएको छ । यस चलचित्रमा अभिनेता सलमानसँगै अभिनेत्री दिशा पटानीको समेत प्रमुख भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *