काठमाडौं –आज राजा वीरेन्द्रको ७६ औँ जन्मजयन्ती हो । २००२ पुस १४ गते बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट जन्मिएका शाहको सम्झनामा आज विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
उदारबादी राजन वीरेन्द्र २०२८ सालमा राजा बनेपछि ३० वर्ष राजगद्दीमा बसेका थिए । आफ्नो शासनकालमा उनले पञ्चायती व्यवस्थाको सट्टा प्रजातन्त्र स्वीकार गरे । उनकै पालामा २०४७ कात्तिक २३ गते नेपालको संविधान जारी भएको थियो ।
वीरेन्द्रकै पालामा जनमतसंग्रह भयो । दलहरूमाथि लागेको प्रतिबन्ध फुकुवा समेत भएको थियो । २०५८ जेठ १९ गते उनको पूरै परिवारको रहस्यमय ह त्या भएको थियो ।