आज फेरि प्रचण्ड – नेपाल समूहको,सरकार विरुद्ध प्रदर्शन गर्न भरियो काठमाडौंको सडक

काठमाडौं १४ पौष । विकासका काम गरेर जनताको मन जित्नुको साट्टो पार्टी पिच्छे कसले कती कार्यकर्ता ल्याउने भनेर होडबाँजी चलिरहेको प्रदर्शनलाई आज नेकपा प्रचण्ड- नेपाल समूहले निरन्तरता दिएको छ ।

काठमाडौंमा ५० हजार कार्यकर्ता सडकमा ल्याउने दावी गर्दै आएको प्रचण्ड नेपाल समूहको विरोध प्रदर्शन काठमाडौ. विभिन्न स्थानबाट सूरु भएको छ । उपत्यका बाहिर पनि आज प्रचण्ड नेपाल समुहको विरोध प्रदर्शन भइरहेको छ ।

काठमाडौं टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लिलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रिचन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वरबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मिकीबाट गणेश साहले जुलुशको नेतृत्व गरेका छन् ।

अहिले नयाँ बानेशवर, टेकु, कुपन्डोल, लैनचौर र नक्शालबाट जुलुस निस्किएको छ । विभिन्न ठाउँमा प्रदर्शन गरी अन्त्यमा सबैभृकुटीमण्डलमा जम्मा भई सभामा परिणत हुने बुझिएको छ । सभालाई नेकपाका प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालल नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने भएका छन् ।

सरकारले गरेको संसद विघटन विरुद्ध आफ्नै पार्टी छुट्टिएर प्रचण्ड नेपाल समूह भई गरेको प्रदर्शनमा प्रदर्शनकारीले असंवैधानिक कू खारेज गर संसद अधिवेशन सुचारु गर लेखेको प्लेकार्ड बोँकी प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *