भारतीय प्रधानमन्त्री मोदीले भारतमा पहिलो चालकरहित ट्रेनको उद्घाटन गर्दै

पौष १३,काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतमा पहिलो पटक चालकरहित ट्रेनको उद्घाटन गर्दै छन् । प्रधानमन्त्री मोदीले बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत चालकरहित ट्रेनको उद्घाटन गर्ने दिल्ली मेट्रो रेल कर्पोरेशन (डिएमआरसी)ले जनाएको छ ।

डिएमआरसीले भारतमा पहिलो पटक सञ्चालनमा आउन लागेको चालकरहित ट्रेनले दिल्ली, एनसीआरका नागरिकलाई यात्रामा सहज हुने बताएको छ । यो चालकरहित ट्रेनले नयाँ युग शुरु गर्नेसमेत बताइएको छ ।

चालकरहित ट्रेनको सुरुवातसंगै दिल्ली मेट्रो रेल कर्पोरेशन डिएमआरसी विश्वको चालकरहित मेट्रो सञ्चालनको नेटवर्कको ७ प्रतिशतमा प्रवेश गर्नेछ । डिएमआरसीले  ३७ किलोमिटर म्यागेन्टा लाइनपछि ५७ किलोमिटर पिंक लाइन करिडोर (शिव विहार–मजलिस) पार्कमा पनि २०२१ को बीचबाट चालकरहित प्रविधि ल्याउने बताएको छ । यसले दिल्ली मेट्रोको ९४ किलोमिटरमा चालकरहित नेटवर्क सञ्चालन हुनेछ ।

जनु कुल दिल्ली मेट्रोको लगभग ९ प्रतिशत हो । दिल्ली मेट्रोले विज्ञप्तिमा भनेको छ,“चालकविहीन ट्रेनहरू पूर्ण रूपले स्वचालित हुनेछन्, जसले न्यूनतम मानवीय हस्तक्षेपको आवश्यकता पर्दछ र मानवीय त्रुटिहरूको सम्भावनाहरूलाई हटाउनेछ। दिल्ली मेट्रोले यात्रुलाई सुविधा प्रदान गर्ने टेक्नोलोजीबाट सञ्चालित समाधानहरू पेश गर्न अग्रगामी भूमिका खेलेको छ र यही दिशामा यो अर्को चरण हो” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *