सर्वोच्च अदालतमा आज भएको सुनुवाइमा संसद विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश

काठमाडौं, पुस ८ गते । संसद विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश भएको छ ।सर्वोच्च अदालतमा आज भएको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलसबाट सो आदेश भएको सर्वोच्च अदालत स्रोतले बतायो । प्रवक्ता भद्रकाली पोखरेलले भने आदेश तयार हुने क्रममा रहेकोले त्यसमा दस्तखत नभइ यसै भन्न नसकिने बताउनुभयो ।
सर्वौच्च अदालतमा सो विषयलाइ लिएर विभिन्न १२ वटा मुद्दा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *