विवाहपञ्चमीको अवसरमा विद्यार्थीसंघको निशुल्क स्वास्थ शिविर आयोजना

मिथिला क्षेत्रमा युगाैं देखी चलिअाएकाे मानिने विवाहपञ्चमीको अवसरमा नेपाल पिछडावर्ग ओबिसी विद्यार्थीसंघको प्रदेश न.२ समितिले निशुल्क स्वास्थ शिविरको आयोजना गरेको छ । संकटमोचन मन्दिर, बार्हबिघाको उतरपट्टि तिर उक्त सिविरको निर्माण गरी, उक्त सिविरबाट ११५६ जनाले सहायता तथा औषधि निशुल्क प्राप्त गरेको भन्ने जानकारी अध्यक्ष रवि साहले बताए ।

अध्यक्ष रवि कुमार साहको संयोजनमा संचालक भएको शिविरमा श्रद्धलुहरूको उल्लेख्य रहेकाे र यस्तो पौराणिक काल देखि मनाइदै अाएको एतिहासिक विवाह महोत्सवमा राजनीति खेल्नु कदापि राम्रो नरहने अध्यक्ष साहले बताए । विवाहपञ्चमीमा रेल संचालन हुने कुरामा सरकार किन सफल हुन सकेन । साथै कोरोना (Covid-19)को सम्सया भए पनि नेपाल-भारत जस्को बीच रोटी बेटिको सम्बन्ध रहेको अवस्थामा सिमा नखोलेर मैथिल जनतालाई निराश पार्ने प्रयास नगरिदिन स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार समेत सङ अध्यक्ष साहले आग्रह गरेको बताए ।

उक्त कार्यक्रममा औषधि सहयोग गरिदिएको आरुही मेडिकल हललाई समेत धन्यवाद व्यक्त गर्नुका साथै शिविरमा औषधि, मास्क , पिउने पानी तथा प्राथमिक उपचार आदि गर्ने शिविरको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा ओबिसी विद्यार्थीसंघको केन्द्रीय अध्यक्ष मोहन ठाकुर, विशिस्ट अतिथिको रूपमा युथ डेभलपमेन्ट सोसाइटीका उपाध्यक्ष विवेक नन्दन कर्ण र अतिथिको रूपमा पुर्शोतम चौधरीको उपस्थिति थियो भने चिकित्सकको रुपमा बिनय यादव, डा. सन्जय झा र सरिता मिश्रको उपस्थिति र सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *