नेपाल आउने सामानहरूलाई कोरोनाको आडमा चीनले अघोषित रूपमा नाका मै रोकिदिएको छ जसकारणले नेपाल र चीनबीचको मित्रतामा कटुता पलाएकाे छ किनभने, पछिल्लो १० महिनादेखि नेपालका १२०० कंटेनर तिब्बतको सिमानामा फसेको छ ।
चिनियाँ नाका अवरुद्ध भएको कारण व्यवसायी राम पौडेलले आत्महत्या समेत गर्न बाध्य भएको अनुसन्धानमा रहेको प्रहरीले अाशंका गरेका थिए तथा उनको परिवारका अनुसार पौडेलले दुई करोड ऋण लिएकाे जनाएका थिए । चिनियाँ नाकामा उनको सामान महिनौंसम्म फस्दा उनले बैंकको किस्ता तिर्न सकिरहेको थिएनन् ।
ब्यापारिक दृष्टिकोणले चीनसँग नेपालको दुईवटा नाका मुख्य हुन, रसुवागदी-केरुङ र तातोपानी-खासा । तातोपनी पुरानो नाका हो । २०१५ को भूकम्प पछि यो बन्द गरिएको थियो तर चिनियाँ राष्ट्रपति शी जिनपिङले गत वर्ष नेपालको भ्रमण गरेपछि सो नाका खोलिएको थियो । तर सो नाका खुलेपछी त्यहाँबाट दिनको १/२ कन्टेनर ल्याउन अनुमति दिइन्छ ।
चीनले तातोपानी नाका बन्द गरेर केरुङ-रसुवागढी नाका अन्तर्राष्ट्रिय सीमा बिन्दुको रूपमा विकसित गर्न खोजेको छ। चीनले हाल केरुङ मार्फत मात्र ५ वटा कन्टेनर र तातोपानी-खसामार्फत मात्र २ वटा कन्टेनरलाई नेपाल आउन दिइरहेको छ । पहिले दैनिक ३० देखि ४० कन्टेनर सामानहरू प्रति दिन नेपाल भित्रिने गर्थ्यो ।
चीनले नेपासङग १३ वटा सीमाना बिन्दु खोल्ने सहमति गरेको छ। तर १३ वटा नाका खोल्ने कुरा त परै जाओस्, चीनले भएको दुईटा नाका मार्फत पनि सहज आयात/निर्यात हुन दिएको छैन। रसुवागढीमा तैनात नेपाली भन्सार अधिकारी पुण्य विक्रम खड्काका अनुसार ठूला व्यापारीहरूले चीनका शहरहरूबाट भारतको कोलकाता बन्दरगाह मार्फत नेपालमा सामान आयत गरिरहेका छन्। चिनिया सामानहरू 35 दिनमा चीनबाट कोलकाता पोर्ट हुँदै नेपाल आउन सक्दछन्।
तातोपानी सीमाका भन्सार अधिकारी लाल बहादुर खत्रीले करिब ८०० कन्टेनरहरू अझै तिब्बतमै अड्किएको छ । चीनबाट आउने कन्टेनरहरू राख्न छुट्टै यार्डको व्यबस्था गरिएको छ। नेपाली कर्मचारीहरुलाई पुर्ण स्वास्थ्य प्रोटोकलले साथ खटाइएको छ। तर पनि चिनियाँ अधिकारीहरू कोविडको डर देखाउदै कंटेनर पठाउन आनाकानी गरिरहेका छन् ।