बेलायती महारानीले सर्वसाधारणलाई उत्साहित पार्ने उद्देश्यसहित चाँडै कोरोनाविरूद्धको खोप लगाउने

एजेन्सी- बेलायती महारानी एलिजाबेथ द्धितियलाई  कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

अबको केही हप्ता भित्रै महारानी एलिजाबेथ द्धितियलाई खोप लगाउने तयारी रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

महारानी एलिजाबेथले सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यसहित चाँडै खोप लगाउने तयारी भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

महारानीसँगै ९९ वर्षका प्रिन्स फिलिपले पनि खोप लगाउने छन् । खोप अभियान सुरु भएपछि लाइनमा बसेर नै खोप लिने उनीहरूले बताएका छन् ।

डाक्टरको सल्लाहमा महारानी र प्रिन्स फिलिपले खोप लगाउने तयारी गरेको द डेलीमेलले जनाएको छ ।

बेलायतले फाइजरको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *