चिनियाँ हस्तक्षेप विरुद्ध प्रदर्शन

काठमाडौं –  चिनियाँ हस्तक्षेपको विरुद्धमा काठमाडौंमा आज प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा आएकाहरुले ‘ब्याक अफ चाईना’, ‘भुमि मिच्न पाइन्न,’ ‘बिदेशी हस्तक्षेप् बन्द गर’, ‘चाइना बिस्तारबाद मुर्दावाद’  जस्ता लेखेको प्लेकार्ड बोकेर  नारा घन्काएका थिए ।

स्वतन्त्र नागरिक समूहको नाममा ‘प्लाकार्ड’ बोकेका उनीहरुले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरेका थिए ।

प्रदर्शनमा उत्रिएका उनीहरुले  नेपालको उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *