चुनावी परिणामका विषयलाई लिएर डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीबीच झडप

काठमाडौँ,एजेन्सी- चुनावी परिणामका विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीबीच झडप भएको छ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने ट्रम्पको दाबीको समर्थनमा भएका र्‍यालीमा झडप भएको हो ।वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना व्यक्तिलाई छुरा हानिएको बीबीसीले जनाएको छ ।

ट्रम्प समर्थक र्‍यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए । त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए।

राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जितलाई आधारहीन र अमान्य भन्दै आएका छन्। उनले चुनावमा भएको पराजय अस्वीकार गर्दा उनका समर्थनमा र्‍याली निस्कन थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *