“कोविड-१९ को लागि आयुर्वेद” शिर्षकमा वेबिनार सम्पन्र

काठमाडाैं । ५औं आयुर्वेद दिवस (धनवंतरी जयंती) को अवसरमा भारतीय दूतावासद्वारा आयुर्वेद क्याम्पस, इन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयको सहयोगमा “कोविड-१९ को लागि आयुर्वेद” शिर्षकमा एक वेबिनारका साथै एक अन्तर्राष्ट्रिय निबंध प्रतियोगिता आयोजित गरियो ।

वेबिनारमा भारत, नेपाल र अन्य देशहरूबाट करिब २०० सहभागीहरू उपस्थित थिए । प्यानलिस्टहरूमा भारत र नेपालका ६ प्रख्यात वक्तारआयुर्वेद अभ्यासकहरू थिए जसले आफ्नो विचारहरू र विशेषज्ञता साझा गरे ।

यस अवसरमा राजदूत विनय मोहन क्वात्राले आयुर्वेदका फाइदाहरू र बढ्दो लोकप्रियताबारे प्रकाश पार्ने एक भिडियो सन्देश दिए । कार्यक्रममा सहभागिता जनाएकी मिशन उपप्रमुख नामग्या सी खम्पाले भारत र नेपालको घर-घरमा पाइने बेसारलगायत आयुर्वेदिक उत्पादनको बढ्दो खपतको बारेमा चर्चा गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय रेक्टर प्रोफेसर डा. शिवलाल भुसाल र विश्वविद्यालयका अन्य प्रमुख शिक्षाविद्हरू पनि उपस्थित थिए । कार्यक्रमको दौरान अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेताहरूको पनि घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *