रुपन्देहीमा आज कोरोना भाइरस सङ्क्रमणबाट थप एक महिलाको मृत्यु

बुटवल, कात्तिक २४ गते । कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिनुभयो । मधुमेह रोगबाट ग्रसित उनीको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना हुनुभएकी थिइन् ।

एक सातासम्म अस्पतालको सघग उपचार कक्षमा राखेर उनीको उपचार भइरहेको थियो । रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *