भारतद्वारा नेपाललाई २८ आइसियू भेन्टिलेटर प्रदान

काठमाडाैं । भारतले नेपाललाई २८ वटा आइसियू भेन्टिलेटर उपहारस्वरूप प्रदान गरेको छ ।

आइतबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २८ वटा आइसियू भेन्टिलेटर प्रदान गरेका छन् ।

यस अघि भारतले नेपाललाइ प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थय सामाग्री, कोभिड – १९ परीक्षणा कीट (आरटी–पिसिआर), आइसीयु भेन्टिलेटर र रेमडेसिभिर औषधी प्रदान गरिसकेको छ ।

हस्तान्तरण समारोहमा बोल्दै राजदूत क्वात्राले कोभिड–१९ महामारी विरूद्धको लडाइमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा दोहोर्याउनुभयो । साथै उहाँले यस किसिमका अवश्यक सहयोग गर्नु भारत सधै प्रतिवद्ध रहेको कुरामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *