काठमाडौं – भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको पदवी दिइएको छ ।
सेनाध्यक्ष नरवणेलाई आज अपरान्ह राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको दर्जा दिएकी हुन् ।
यसअघि, सेनाध्यक्ष नरवणेलाई आजै बिहान सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको थियो । उनको सम्मानमा आजै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ ।
सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ ।
अभ्यासले एक अर्काको सेना प्रमुखलाई मानद डिग्रीका साथ सम्मान गर्ने सात दशक पुरानो परम्परा अनुसरण गर्दछ। कमांडर-इन-चीफ जनरल केएम करियप्पा पहिलो भारतीय सेना प्रमुख थिए जुन १९५० मा यस उपाधिले सजाइएको थियो।
गत बर्ष जनवरीमा नयाँ दिल्लीमा एक समारोह गरी नेपाली सेनाका प्रमुख जनरल पूर्णचन्द्र थापालाई राष्ट्रपतिराम नाथ कोविन्दले भारतीय सेनाको मानद जनरल पनि बनाइएको थियो ।