भारतद्वारा नवलपुरमा भिमसेन आदर्श उच्च माध्यमिक विद्यालय निर्माण

काठमाडाैं । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु २.५८३ करोड आर्थिक सहयोगमा निर्माण भएको भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको नव निर्मित विद्यालय भवनको काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधि, विद्यार्थी एवम् विद्यालय परिवारद्वारा आज संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरियो ।

नवलपुर जिल्लाको देवचुली–७ मा अवस्थित यस विद्यालयको स्थापना सन् १९६९ मा भएको हो र यहाँ कक्षा १२ सम्म अध्यापन गराइन्छ । यस विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ५५ प्रतिशत भन्दा बढी छात्रा छन् ।

भारत सरकारको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको यस विद्यालय भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधी कक्ष र सरसफाइ सुविधा रहेका भारतीय राजदूतावासले अाज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साविकको साना विकास परियोजना र हाल उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) अन्तर्गत निर्माण गरिएको यस विद्यालय भवन शिक्षाको क्षेत्रमा भारत र नेपालले गर्दै आएको सहकार्यको अर्को एउटा उदाहरण हो ।

यस परियोजनाले शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्याएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *