आईपीएलमा प्ले अफ पुग्ने चौथो टोलीको आज टुंगो लाग्दैछ ।

१८ कार्तिक २०७७, मंगलबार एजेन्सी-  युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा प्ले अफ पुग्ने चौथो टोलीको आज टुंगो लाग्दैछ ।

लिग चरणको अन्तिम खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछ । यो खेलको नतिजाले प्ले अफ पुग्ने अन्तिम टोलीको छिनोफानो हुनेछ ।आजको खेल जितेमा हैदराबाद अन्तिम चारमा पुग्नेछ । हारको खण्डमा भने कोलकाता नाइट राईडर्सले प्ले अफको मौका पाउनेछ ।

मुम्बई र हैदराबादबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

हैदराबाद १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।  कोलकाता १४ खेलमा १४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

मुम्बई भने शीर्ष स्थानमा रहेर क्वालिफायर पुगिसकेको छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *