बेलायतका राजकुमारलाई अप्रिलमा कोरोना संक्रमण भएको खुलेको छ

काठमाडौं :  बेलायती राजकुमार विलियम्स गत अप्रिल महिनामै कोरोना भाइरसबाट संक्रमित भएको खुलेको छ। राजकुमार द ड्यूक अफ क्याम्ब्रिजलाई गएको अप्रिलमै संक्रमण भएको बीबीसीले उल्लेख गरेकाे छ। 

प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता कोरोना भाइरसबाट संक्रमित भएकै बेला उनी पनि संक्रमित भएको बताइएको छ। संक्रमित भएको खबर सबैभन्दा पहिले प्रकाशित गरेको द सन पत्रिकाले ३८ वर्षे राजकुमारले आफ्नो संक्रमणको खबरले देशव्यापी चिन्ता नबढोस् कुरा भनेर गोप्य राखेको दाबी गरेको छ।

उनको उपचार राजदरबारका डाक्टरले गरेको र त्यस क्रममा सरकारी नियमको पालना भएको खबरमा उल्लेख छ।

उपचारको अवधिमा राजकुमार नोर्फोकमा रहेको एन्मेर हलमा आइसोलेशनमा बसेको पत्रिकाले जनाएको छ। यसबारे केन्जिङ्गटन प्यालेसले टिप्पणी गर्न अस्वीकार गरेको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन पनि कोरोना संक्रमित भएर निको भइसकेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *