विद्युत् चुहिई बाट सोयाबिन उद्योगमा आगलागी

टीकापुर, कात्तिक १२ गते ।  कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज बिहान आगलागी भएको छ । बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब रु चार करोड क्षति भएको छ । बिहान करीब ४ बजेतिर विद्युत् चुहिई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक मनीष बलायरले जानकारी दिनुभयो । आज बिहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *