चीनमा अनाैठाे घटना : निकाे भएको दुई महिनापछि व‌ृद्धाकाे आँखामा काेराेना भाइरस भेटियो

एजेन्सी : चीनमा कोरोनाको अर्को अनौठो घटना बाहिर आएको छ। एक ६५ वर्षीया चिनियाँ महिलामा कोरोना संक्रमण भएको दुई महिनापछि फेरि आँखामा संक्रमण पाइएको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  यसमाथि चीनमा अनुसन्धान भइरहेको छ।  आँखामा संक्रमण पाइएपछि कोरोनाबाट अझै धेरै सतर्क हनुपर्ने चिनियाँ स्वास्थ्यकर्मीले चेतावनी दिएका बताइएको छ।  जनवरीमा संक्रमित भएकी थिइन् महिला ती महिलामा गत जनवरीमा कोरोना संक्रमण पाइएको थियो। उनमा लगातार पाँच दिन सुक्खा खोकी र नौ दिनसम्म डायरिया भएको बताइएको छ।   त्यसपछि उनलाई ३१ जनवरीमा अस्पताल भर्ना गरिएको थियो। उनलाई उच्च ज्वरो पनि आएको चिनियाँ स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। छातीको एक्सरेपछि उनमा फोक्सोमा समस्या देखिएको थियो। तर उनमा गम्भीर प्रकृतिका लक्षण नेदखिएको र आँखामा पनि समस्या नपाइएको स्वास्थ्य अधिकारीहरुले बताएका थिए।  उनलाई एक महिनापछि रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो। तर डिस्चार्ज भएको ८ दिनपछि उनको आँखामा समस्या भएको बताइएको छ। फेब्रुअरीको अन्तिमतिर उनको आँखामा समस्या बढ्दै गएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो।  ८ मार्चमा अस्पताल भर्ना भएकी उनको आँखामा ‘ग्लुकोमा आक्रमण’ भएको पाइएको डाक्टरहरुले बताएका थिए। सुरुमा औषधि सेवन गराई दुखाई कम गर्ने प्रयास गरे पनि अन्त्यमा डाक्टरहरुले उनको आँखाको शल्यक्रिया गरेका थिए।  उक्त महिलाले चीनको वुहानको सेन्टर थिएटर कमाण्ड अस्पतालमा दुई पटक आँखाको शल्यक्रिया गराएकी थिइन्। १४ मार्चमा दाहिने र भोलिपल्ट उनको देब्रे आँखाको शल्यक्रिया भएको थियो।  तर उनको दुखाई बढ्दै गएपछि १० अप्रिलमा उनको दुवै आँखाको फेरि अप्रेसन गरिएको थियो। शल्यक्रियाका क्रममा उनको आँखाबाट लिइएको स्वाब परीक्षणका क्रममा उनका कोरोना पुष्टि भएको थियो।  जामा आप्थेल्मोलाजी जर्नलमा पत्रिकाका अनुसार कोरोनाका बिरामीमा एक्युलर मेनिफेस्टेसन पुष्टि भएको थियो।  जामा नेत्र विज्ञान मा प्रकाशित अनुसन्धान अनुसार, कोरोना बिरामीहरुमा ‘अक्टुलर प्रकट’ का मामिलाहरु छन्। त्यस्ताे अवस्थामा आँखा रातो हुने र सुन्निने हुन्छ।    यसअघि गरिएको अनुसन्धानले आँखाको माथिल्लो तहबाहेक कोरोना आँसुमा रहने पत्ता लगाएको थियो। संक्रमण यसैबाट फैलिएको हुन सक्ने त्यस अनुसन्धानले देखाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *