उपत्यकामा दुई हजार २८३ मा सङ्क्रमण पुष्टि

काठमाडौं, असोज २६ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार २८३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार २८३ जना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा एक हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार ४७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ७७ हजार २७७ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३३ हजार ८८० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार ५३० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ४७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित करिब एक लाख ११ हजार नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *