भारतद्वारा नेपाललाई २ हजार भाइल प्राणरक्षक रेमडेसिभिर प्रदान

काठमाडौं- भारतले नेपाललाई कोरोना भाइरसबाट संक्रमणबाट गम्भीर अवस्थामा रहेकोहरुको ज्यान जोगाउन मद्दत गर्ने प्राणरक्षक औषधि प्रदान गरेको छ । काठमाडौं स्थिती भारतीय राजदुतावासले २००० भाइल रेमडेसिभिर उपहारस्वरुप प्रदान गरेको हो ।

भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आज उक्त औषधि हस्तान्तरण गरेका हुन् । कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप सो औषधी हस्तान्तरण गरिएको हो । 

यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ । 

निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *