आफ्नो जन्मदिनमा मन्त्री भट्टराईले दिए मुस्कानलाई ५० हजारकाे सहयाेग

काठमाडौँ — संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिडपीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् ।

नौ कक्षामा अध्ययनरत वीरगन्जकी खातुनलाई मन्त्री भट्टराईले आइतबार मन्त्रालयमा बोलाएर अध्ययन खर्चमा सघाउने उद्देश्यले ५० हजार नगद प्रदान गरेका हुन् ।

जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई मन्त्री भट्टराइले सामाजिक र परोपकारी काममा प्रयोग गरेको बताए ।

०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पीडित, विपन्न बालबालिकालाई सहायता गर्दै आएका छन् ।

०७२ को महाभूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई, ०७३ सालको जन्मदिनमा बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बेसका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पढनपाठनको व्यवस्था मिलाएका थिए ।

त्यस्तै ०७४ को जन्मदिनमा दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पीडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गरेका थिए भने ०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्चस्वरुप नगद उपलब्ध गराएका थिए । त्यस्तै गत वर्षको जन्मदिनमा मन्त्री भट्टराईले पढाइ लेखाइमा अप्ठेरोमा परेका ताप्लेजुङका दृष्टिविहीन आमाबुबाका सन्तान समीर राईलाई सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *