परराष्ट्रमन्त्रीद्वारा दुतावास पुगेर प्रणव मुखार्जीकाे शोकपत्रमा हस्ताक्षर

काठमाडौं- परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले काठमाडौं स्थित भारतीय दुतावासमा पुगेर भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको शोकपत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल र नेपाली जनताकोतर्फबाट पूर्व राष्ट्रपतिको निधनमा श्रद्धासुमन व्यक्त गर्दै उनले शोकपत्रमा हस्ताक्षर गरेका हुन् ।

विहिवार भारतीय राजदूतावास, काठमाडौंले भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको २०७७ भाद्र १५ गते निधन भएकोमा शोक प्रकट तथा श्रद्घान्जली अर्पण गर्नकालागि भारतीय राजदूतावासमा भाद्र १८, १९ र २१ गते बिहान १०ः०० देखि ५ः०० बजेसम्म समवेदना पुस्तिका राखिएको जनाएको थियो ।

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको ८४ वर्षको उमेरमा गत सोमबार निधन भएको थियो ।

कोरोना संक्रमण समेत देखिएका मुखर्जीको ब्रेन सर्जरी गरिएको थियो । त्यसयता उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। केहीसातादेखि उनी ‘डिप कोमा’ मा रहेको अस्पतालले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *