पुल्चोक क्षेत्र तनावग्रस्त, स्थानीयले प्रहरीको मोटरसाइकलमा आगो लगाइदिए

ललितपुर- निषेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका सयौ स्थानीयलाई प्रहरीले हटाउने क्रममा ललितपुरमा झडप भएको छ ।

झडपमा प्रहरीले भीड हटाउन पानीको फोहोरा प्रयोग गरेको थियो भने आक्रोशित भीडले ढुंगा हानेको थियो ।

अहिले स्थानीयहरु तितरबितर भएका छन् भने रथलाई प्रहरीको ठूलो समूहले सुरक्षा दिएको छ ।

सामाजिक दूरी अपनाएर रथ तान्दा पनि प्रहरीले हस्तक्षेप गरेको र परम्परा रोकिएको भन्दै गुठीयारहरु आक्रोशित भएका छ्न । आफ्ना संस्कृति, परम्परामाथि प्रहरीले हस्तक्षेप गरेको स्थानीयको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *