कास्कीको हेम्जा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं :  कास्कीको हेम्जा केन्द्रविन्दु भएर भूकम्प गएको छ। बिहीबार साँझ ५ बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महसुस गरिएको थियो। भूकम्पका कारण पोखराका बासिन्दा घरबाहिर निस्केको पोखराका स्थानीयले जानकारी दिए।

उक्त भूकम्प  २०७२ वैशाख १२ को भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *