तरुण दलद्वारा आश्रममा विभिन्र सामग्री वितरण गरी वि.पि. स्मृति दिवस मनाइयो

३८ औ वी.पी स्मृति दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले रवि भवनमा अवस्थित बाल “संरक्षण अभियान नेपाल” नामक बाल आश्रममा (फलफुल, मास्क, स्यानीटाईजर, साबुन) वितरण गरेको छ ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो । त्यसै गरी कार्यक्रममा सहयोग पुर्याईदिने नेपाली काँग्रेस महालक्ष्मी न.पा. वडा नं १, २, ३ र ४ समन्वय समिति परिवार र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापालाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत दिएको छ ।

यसै गरी देशभर ७७ वटै जिल्लामा नेपाल तरुण दलले आज ३८ औ वी.पी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाउदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *