मोरङमा जताततै बाढी-पहिरोका १८ घर विस्थापित, धान खेतमा क्षति

विराटनगर, असार २८ गते । तीनदेखिको अबिरल बर्षाको कारण मोरङका विभिन्न स्थानका खोलामा आएको बाढी, डुबान तथा पहिरोले १८ घर विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार कानेपोखरी, उर्लावारी, मिक्काजुङ र विराटनगर महानगरपालिकामा बाढी तथा पहिरोले क्षति पु-याएको हो ।

मोरङको कानेपोखरी–५ दुखीटोलमा चिसाङ खोलाको बाढीको कटानले सात घर जोखिममा परेका छन् । खोलाले कटान सुरु गरेपछि सात घर परिवारका ३२ जनालाई स्थानीय भन्सावारी प्राविमा सार्ने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइएको हो ।

प्रहरी चौकी रमाइलोको टोलि घटनास्थलमा परिचालन गरि उनीहरुलाई तत्काल स्थानान्तरण गर्ने भएको छ । खोलाले हालसम्म दुई बिघा क्षेत्रफलको जमिन कटान गरिसकेको छ ।

क्षति पु¥याएको स्थानमा अस्थायी प्रहरी चौकी मंगलबारेको टोलि परिचालन गरि तथ्यांक संकलन तथा अवस्था अध्ययन भईरहेको जनाइएको छ । मोरङको मिक्साजुङ गाउँपालिका–२ कुवापनीमा रनकुमार राईको काठ र टिनको छाना भएको दई तले दुईवटा घर पहिरोले पुरिएको छ । पहिरोले घर पुरिँदा ६ लाख रुपिँया क्षति पुगेको हो । पहिरोले घर पुरिँदा घरमा बस्न सक्ने अवस्था नभएपछि परिवारको स्थानान्तरण गर्ने तयारी भईरहेको जनाइएको छ ।

विराटनगर महानगरपालिका–६ मा केशलिया खोलाको बाढीका कारण दश घर डुबानमा परेका छन् । खोलामा बाढीको सतह बढेपछि पानी वस्तीमा पस्दा सिम्राही टोलका स्थानीयलाई बखरी प्रा.वि.मा सार्ने तयारी भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *