नेपाल एयरलाइन्सका सात उडान कर्मचारीमा काेराेना सङ्क्रमण

काठमाडौँ, असार २२ गते । नेपाल वायुसेवा निगमका सात जना उडान कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निगमका अपरेशन विभाग प्रमुख दीपु ज्वारचनका अनुसार १४ जनाकाे स्वाब परीक्षणा गरिएकाेमा सात जनाकाे परीक्षण रिपाेर्ट आएकाे र सात जनाकाे आउन बाँकी छ । उहाँले उद्धार उडानका क्रममा सङ्क्रमण भएको सक्ने बताउनुभयाे ।  

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले नेपाल वायु सेवा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजेटिभ देखिएकोमा दुख लागेको उहाँको आधिकारीक ट्वीटरमा उल्लेख गर्नुुभएको छ ।
उहाँले लेख्नुुभएको छ ‘ नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल वायुसेवा निगमका चालक दलका केहि सदस्यमा कोरोना पोजेटिभ देखिएकोमा दुख लागेको छ । संकटकालीन अवस्थामा उहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु,उहाँहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । ’

याे समाचार आजकाे नागरिक दैनीक मा विश्वास रेग्मीलेखेकाे छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *