
०८ असार २०७७
काठमाडौं : पाँचवटा प्रदेशमा भारी वर्षाको संभावना रहेकाले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। सो स्थानमा नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।
हाल नेपालमा मनसुनी वायु सक्रिय रहेकाले निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण कतिपय स्थानमा बाढी र पहिरो समेत आएको छ।
सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ। महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।
यस्तै राती सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा साथै प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।
यस्तै मंगलबार देशको सबै प्रदेशका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। मंगलबार राती पनि देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
बुधबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश ५, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।सोही राती देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानमा भारी वर्षाको संभावना रहेको छ।
याे समाचार आजकाे अन्नपूर्णा पोष्ट मा लेखेकाे छन ।