वडादेखि केन्द्रसम्मका अस्पतालमा सेवा वृद्धि हुने

सरकारले स्थानीय तह देखि राष्ट्रिय स्तरका अस्पतालको संरचना, सेवा र गुणस्तर बढाउने नीति लिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/ ७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा राम्रो बनाइने बताइएको हो।

अघिल्लो वर्ष स्थानीय तहका २ हजार ६ सय २६ स्वास्थ्य सेवा दिने पूर्वाधार बनाइएको उल्लेख गर्दै राष्ट्रपतिले आगामी वर्ष स्थानीय तहमा दिइने सेवाको गुणस्तर बढाइने बताएकी छन्।

प्रत्येक स्थानीय तहमा ५ देखि १५ शैय्याको अस्पताल बनाउने सरकारले नीति लिएको छ।

नीति तथा कार्यक्रममा अञ्चल अस्पताललाई २५ देखि ५० शैय्याको बनाउने भनिएको छ। सातै प्रदेशमा सरूवा रोग अस्पताल बनाइने भएको छ। केन्द्रीय अस्पतालहरूमा ३ सय देखि ५ सय शैय्या बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *