अभियानको नाम भजाएर खानेलाई बालविवाह अभियानले कार्वाही गर्ने ।

काठमाडौ ।बाल बिवाह एबम दाइजो उन्मुलन राष्ट्रिय अभियानले आज एक प्रेस बिज्ञप्ति प्रकाशित मार्फत अभियानका नाममा विगतमा गर्दै आएको कार्य र यस अभियानको नामले भजाएर खाने गरेको प्रति प्रेस विज्ञप्ति मार्फत कडा आपत्ति जनाएको छन् । भोर नामको संस्था र राष्ट्रिय अभियानका पूर्व संयोजकले अभियानको नाममा गैरकानुनी काम गरेको र पटकपटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको भन्दै पुर्वसंयोजकलाई निष्कासित गरी तत्कालीन सह– संयोजक देवेन्द्रराज सिंहको संयोजकत्वमा १३ सदस्यीय कार्य समितिको सम्पूर्ण पदाधिकारीको संयुक्त हस्ताक्षर सहितको प्रेस विज्ञप्ति जारी गरी कडा आपत्ति जनाएको छ ।

हेरौं अभियानद्वारा जारि गरिएको प्रेस बिज्ञप्ति :


बाल बिबाह एबम दाइजो उन्मुलन राष्ट्रिय अभियान नेपाल सन् २०१४ देखि राष्ट्रियव्यापी रुपमा स्वतन्त्र रुपले बाल बिबाह एबम दाइजो बिरुद्ध विभिन्न क्रियाकलाप गरिरहेको सर्बबिदितै छ , यो अभियान कुनै संघ संस्था बाट संचालित नभई जन अभियानको रुपमा आज सम्म निरन्तर रही रहेको छ ।

यस बाल बिबाह एबम दाइजो उन्मुलन राष्ट्रिय अभियान नेपालको मर्ममा आच आउने खालका क्रियाकलाप तथा गुनासो केन्द्रिय कार्यसमितिमा आएको हुदा मिति २०७५/०५/११ गते बसेको बाल बिबाह एबम दाइजो उन्मुलन राष्ट्रिय अभियान नेपालको बैठक ले भोर संस्था लाई अभियानको नाममा भएको आर्थिक हिनामिनाको चित्तबुझ्दो लिखित तथा तत्कालिन भोरका अध्यक्ष राज कुमार महतो लाई लिखित रुपमै पटक पटक ताकेदा गरेको र स्पष्टिकरण दिन अनुरोध गरेतापनि कुनै पनि किसिमको(लिखित, मैखिक) प्रतिक्रिया दिनुभएन । पूर्व संयोजक श्री राजकुमार महतोले कुनै जानकारी नदिएकै कारण (पुर्व कार्यसमितिका संयोजक श्री राजकुमार महतो रहेको) पुर्व कार्यसमिति विघटन गरी मिति २०७६/०१/२९ गते बाट यस अभियानको तत्कालिन सह-संयोजक श्री देवेन्द्रराज सिंहको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति घोषणा गरि हालसम्म अभियान चलिरहेको जानकारी गराइन्छ ।

पछिल्लो चरणमा यस अभियानका पुर्व संयोजक तथा भोरका पुर्व अध्यक्ष श्री राजकुमार महतोद्वारा यस अभियानकको फेसबुक पेजबाटै “भोर” संस्थाकको प्रचारप्रसार गरि व्यक्तिगत रूपमा मुनाफा लिदै आएको जानकारी भएको छ । साथै अभियानका कागजातहरू (लेटरप्याड, छाप, फेसबुक पेज एडमिन, इमेल पासवर्ड, रसिद, बिल, प्रमाणपत्र, नगद र जिन्सि सामानहरू) अनाधिकारिक रूपमा प्रयोग गरी राष्ट्रिय अभियानलाई असर तथा सम्पूर्ण अभियन्ताको व्यक्तिगत एवं व्यवसायिक जिवनमा आँच आउने कार्य भइरहेको हुँदा निज व्यक्ति श्री राजकुमार महतो र सो संस्था भोरको संलग्नता यस अभियान संग नभएको हुँदा सो व्यक्ति र संस्थाको भ्रममा नपर्न अनुरोध गरिन्छ । साथै राजकुमार महतोले अनाधिकार रूपले प्रयोग गर्दै आएको फेसबुक पेज एडमिन, ईमेल पासवर्ड , लेटर प्याड, रसीद तथा सिघ्र यस राष्ट्रिय अभियानको केन्द्रीय समितिमा बुझाउन अनुरोध गरिन्छ ।

अगामी दिनहरूमा माथि उल्लेखित व्यक्ति र संस्था यस अभियानसंग जोडेर कुनै पनि किसिमको अनाधिकृत गतिविध नगर्न र नगराउन अनुरोध गरिन्छ । यदि गरिएको पाइएमा यो अभियानको केन्द्रिय समिती कानूनी प्रक्रियाको बाटो खोज्न बाध्य हुने छ । यो विज्ञप्ति कुनै व्यक्ति वा संस्था प्रति रिसिवी वा प्रतिसोध पुर्वक नलेखिएको र स्वस्फूर्त जनसरोकारको विषयलाइ मध्यनजर गरी प्रकाशित गरिएको छ भनी आज एक प्रेस बिज्ञप्ति प्रकाशित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *