सांसदसँग छलफलपछि प्रधानमन्‍त्री ओली र अध्यक्ष प्रचण्डको भेट

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको त्रास सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म उत्तिकै छ। 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटामा छलफलपछि भेट गरेका छन्। भेटघाट दुवै अध्यक्षले मास्क लगाएका थिए। व्यक्तिगत दूरीलाई धेरै प्राथमिकता नदिए पनि दुवै अध्यक्षले मास्कमै कुराकानी गरेका हुन्। 

बुधबार बालुवाटारमा भएको नेकपाका विभिन्न प्रदेशका सांसदसँगको छलफलकै क्रममा अध्यक्षद्वयले भेट गरेका हुन्। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका सांसादसँगको छलफल सकिएपछि अध्यक्षद्वयको जम्काभेट भएको हो। जम्काभेट भएपछि दुवै अध्यक्षले उभिएरै कुराकानी गरे। 

प्रदेश सांसदसँगको छलफलमा दुवै अध्यक्षले समसामयिक विषय ब्रिफिङ गरेका थिए। सोमबार मात्र सरकारले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेपछि पार्टीभित्रै यो विषयमा असन्तुष्टि बढेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *