राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाण पत्र पेशसँगै उच्चपदस्थ प्रमुखहरूसँग भेटवार्ता (फोटो फिचर)

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा राष्टप्रमुख तथा सरकारका उच्चपदस्थ व्यक्तिहरूसँग औपचारिक भेटवार्ता गरेका छन । औपचारिक भेटवार्ताको पहिलो क्रमानुसार राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीलाइ ओहदाको प्रमाणपत्र बुझाएपछि उप-राष्ट्रपति नन्द बहादुर पुनसङ्ग औपचारिक भेटबार्ता गरेका छन् । भेटवार्ताको क्रममा नवनियूक्त राजदूत क्वात्राले अहिंसाका अग्रणी माहात्मा गान्धीमाथि लेखिएको वैचारिक पुस्तक “व्हवाट गान्धी मिन्स टू मी” मेरो विचारमा महात्मा गान्धी भन्ने पुस्तक समेत प्रदान समेत गरे ।

राष्ट्रप्रमुखसंगको भेटवार्ता पश्चात वहाँले आजै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीसँग समेत भेटवार्ता गरेका छन् । ओहदाका प्रमाणपत्र बुझाएसंगै  उनले आजबाट नेपालका लागि भारतीय राजदूतको कार्यभार समालेका हुन् ।

क्वात्रा नेपालका लागि २५ औं राजदूत हुन् । डिसेम्बर २०१९मा पूर्व राजदूत मञ्जीवसिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका हुन् ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *