भारतद्वारा नुवाकोट जिल्लामा माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण

काठमाडाैं ।  भारतद्वारा नुवाकोट जिल्लामा माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण भारत सरकारले भूकम्प पश्चातको पूनर्निर्माण परियोजना अन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरेको छ । उक्त विद्यालय भवनको औपचारिक उद्घाटन २०७६ माघ २७ गते भूतपूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभयो । उक्त उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’काे पनि उपस्थित रहेको थियो। भारतीय राजदूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव श्रीमती सुचिता किशोरले दूतावासको प्रतिनिधित्वमा नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त उक्त ऐँसेलुभूमे माध्यमिक विद्यालय सन् १९९० (वि.सं. २०४६ साल)मा स्थापना भएको हो । उक्त विद्यालयले करिब ६३७ विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको कुरा भारतीय राजदूतावासद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारत सरकारको नेरु ३९.५७ मिलियन अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीनवटा ब्लकहरु रहेका छन् भने विद्यालयकोतीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् र  दुई तल्लेशैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको हो ।
यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । भूकम्प पश्चातको पूनर्निर्माण परियोजनालाई सम्पन्न गर्नका निमित्त नेपाल सरकार र नेपाली जनतासँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *