भारतद्वारा थानकोटस्थित अरविन्द आश्रम विद्यालयको विद्यालय भवन निर्माण

भारतद्वारा काठमाडौं जिल्लाको थानकोटस्थित अरविन्द आश्रम विद्यालयको विद्यालय भवन निर्माण भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले माघ ८ गते काठमाडौं जिल्लाको थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नव निर्मित विद्यालय भवनको औपचारिक उद्घाटन गर्नुभयो। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणि राम गेलाल लगायत राजनीतिक, सामुदायिक नेतृत्वकर्मीले सो समारोहमा सहभागीता जनाएका थिए ।

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा श्री अरविन्द योग मन्दिरले स्थापना गरेको हो । साे विद्यालयले करिब २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेकाृे छ जसमध्ये ५३ प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । अधिकांश विद्यार्थीहरु गरिब, विपन्न र अनाथ छन् जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो। भारत सरकारको नेरु २.८२५ करोड अनुदान सहयोगमा निर्मित उक्त तीन तल्ले नयाँ संरचनामा ११ वटा कक्षा कोठा, तीनवटा प्रयोगशाला, चारवटा भण्डार कक्ष तथा दुई कर्मचारी कक्ष रहेका छन् । यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्धेश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था रहेकोछ ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गरेकाे कुरा दूतावासद्वारा जारी विज्ञप्ति मार्फत जानकारी गराइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *