काठमाडाैं । नेपालमा ११ वटा साँस्कृतिक सम्पदाको भूकम्प पश्चातको पुनर्निर्माणका लागि काठमाडौं स्थित भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजसँग INTACH २०७६ मंसिर २६ गते एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौतापत्रमा भारत सरकारको तर्फबाट काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा नेपालमा भूकम्प प्रभावित ११ साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतद्वारा INTACH परिचालन का सदस्य सचिव श्रीमती डा. सि. टी मिश्राले हस्ताक्षर गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत श्री मन्जीव सिंह पुरीले सो समारोहमा उपस्थिति जनाउनु भएको थियो ।
INTACH ले काठमाडांै, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्नेछ । साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुरुप साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षणका लागि INTACH ले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर काम गर्नेछ ।
भारत भरी १९० भन्दा बढी शाखाहरु रहेको यस INTACH विश्वको सबैभन्दा ठूलो साँस्कृतिक सङ्घठनहरु मध्येकोे एक हो । सन् २००७ मा संयुक्त राष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद्का लागि INTACHलाई विशेष परामर्शदात्रीको रुपमा लिइएको थियो ।