2019-12-03-5056

काठमाडौं, मङ्सिर १७ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले १९ स्वर्ण जितेको छ । सोमबार पहिलो दिन नै १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन कराँते, ऊसु र डुवाथोलनमा थप स्वर्ण जित्दै १९ स्वर्ण पुर्याएको छ ।
मङ्गलबार भएको ऊसुको खेलहरुमा थाउलो तर्फ विजय सिञ्जाली र थाउलो महिला तर्फ सुस्मिता तामाङले स्वर्ण पदक दिलाउनुभयो । नविन रसाइलीले ६७ केजी समूहमा कराँते तर्फ स्वर्ण पदक जित्नुभयो । उहाँले पाकिस्तानका अहमेद नासिरलाई ८–६ ले हराउँदै स्वर्ण पदक जित्नुभयो । नविनले बङ्गलादेशका मोहम्मद फर्दुसलाई ८–२ ले हराएर फाइनलमा प्रवेश गर्नुभएको थियो । सोमबार पहिलो दिन ९ स्वर्ण पदकको लागि भएको स्पर्धामा कराँतेतर्फ नेपालले सात स्वर्ण पदक र दुई रजत पदक जितेको थियो ।
मङ्गलबार नै डुवाथोलनमा लक्ष्मण मल्लले रजत पदक दिलाउनुभयो । एथ्लेटिक्स १५ सय मिटरको दौडमा टंक कार्कीले कास्य पदक जित्नुभएको छ ।

संभारस:गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *