‘ट्रेकिङ’मा जम्दै नेपाली

विश्वास रेग्मी

काठमाडौँ, कात्तिक २४ गते । राजधानीको नियमित किसिमको दैनिकी बिर्साउन हालै मात्र सिभिल इन्जिनियरिङको स्नातक उत्तीर्ण गरेका साथीहरूको टोलीसहित विवेक पण्डितले मार्दी हिमालको आधार शिविरसम्मको ट्रेकिङ पूरा गर्नुभयो । पाँच जनाको उक्त टोलीको तीन दिने ट्रेकिङले निकै स्फूर्ति मिलेको उहाँको अनुभव छ । फरक खालको यात्रामा जाने सोचका साथ यसपटक ट्रेकिङ रोजाइमा परेको उहाँले बताउनुभयो ।
हेटौँडामा अध्यापन गर्दै आउनुभएकी प्रियङ्का श्रेष्ठ पनि यसपटक बिदाको उपयोग गर्दै विश्वकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो तालसम्मको टे«किङमा जानुभयो । तीन जनाको उहाँको टोलीले यो यात्राका लागि नौ दिन खर्च ग¥यो । त्यसो त श्रेष्ठ हरेक वर्ष एकपटक ट्रेकिङमा निस्कने बताउनुहुन्छ । ट्रेकिङका क्रममा प्राकृतिक सुन्दरताको आनन्द त छँदै छ त्यसमाथि यसले स्वास्थ्यमा समेत निकै फाइदा गर्छ, उहाँको अनुभव छ । आफ्नै देश घुम्नुपर्छ भन्ने पे्ररणाले पनि टे«किङमा उत्साहित बनाउने
उहाँले बताउनुभयो ।
व्यवस्थापनमा स्नातक पूरा गरेपछिको खाली रहेको समय काठमाडौँकी ईशा अर्यालले यसपटक साथीहरूसँग गोसाइँकुण्डको ट्रेकिङ गरेर उपयोग गर्नुभयो । काठमाडौँ आसपासका छोटा दूरीमा नियमित हाइकिङ गर्ने उहाँ छोटो तयारीमै गोसाइँकुण्ड पुग्नुभयो । गाडीको यात्राभन्दा ट्रेकिङले सङ्घर्षसहित देशको सुन्दरताको प्रत्यक्ष अनुभव गराउँछ, उहाँले आफ्नो पहिलो टे«किङ अनुभव सुनाउनुभयो ।
युरोप र अमेरिकी देशका पर्यटकको मुख्य रोजाइमा मात्र पर्ने नेपालको टे«किङ अहिले आन्तरिक पर्यटकको पनि मुख्य आकर्षण बनेको प्रतिनिधि उदाहरण हुन् यी । अन्य किसिमको घुमघामभन्दा धेरै समय लाग्ने खर्चिलो यात्रा हो टे«किङ । काठमाडौँ, पोखरा, सौराहा, इलाम, लुम्बिनीजस्ता सजिलै पुगिने गन्तव्यमा मात्र धेरै आकर्षित हुने नेपाली सङ्घर्षसहितको टे«किङ्मा जाने प्रवृत्ति विगत केही वर्षयता व्यापक बन्दै गएको छ ।
खासगरी युवापुस्ताबीच नेपालका चर्चित टे«किङ क्षेत्र घुमघामको योजनामा पर्छ । नयाँ अनि फरक अनुभव लिने युवापुस्ताको सोचले पनि टे«किङमा आकर्षण बढाएको टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी बताउनुहुन्छ । टे«किङ गन्तव्यका क्रममा बसोबासका लागि बढ्दो सहजताले पनि टे«किङ सबैले गर्नसक्ने यात्राका रूपमा स्थापित हुन थालेको उहाँले बताउनुभयो ।

भूकम्पको देन
ट्रेकिङ व्यवसायीका अनुसार नेपालीहरू टे«किङमा जाने प्रचलन २०७२ को भूकम्पपछि बढेको हो । भूकम्पपछि नेपालको पर्यटन क्षेत्रका बारेमा विदेशमा भएको गलत हल्ला चिर्न पहिले नेपाल घुमौँ भन्ने सन्देशसहित सुरु गरिएको ‘घुमफिर’ अभियानले पनि यसमा सहयोग पु¥याएको उनीहरूको भनाइ छ । त्यसबाहेक भूकम्पपछि ट्रेकिङ गन्तव्यबारे भएको व्यापक प्रचार र पहुँचको सहजताले पनि यसमा आकर्षण थपेको हो ।
भूकम्पपछि नै नेपालीमा आफ्नो देशका अनेक ठाउँ घुम्नुपर्छ भन्ने भावनाले काम गरेको र त्यस्तो भावनाले ट्रेकिङमा आकर्षण बढाएको टान अध्यक्ष खुमबहादुर सुवेदी बताउनुहुन्छ । नेपालीमाझ धेरै टाढाको गन्तव्यका रूपमा मानिने ट्रेकिङ क्षेत्रहरू त्यसपछि नै बढी चर्चामा आएको उहाँको अनुभव छ ।
त्यति मात्र होइन नेपालीको आयस्तरमा भएको वृद्धिले पनि खर्च गर्ने क्षमता बढाएको र धेरै दिनका लागि यात्रामा निस्कने प्रवृत्ति बढाएको ट्रेकिङ व्यवसायी रामप्रसाद सापकोटा बताउनुहुन्छ । घुमघामका लागि नेपालका प्रसिद्ध ठाउँभन्दा अलि फरक र प्रकृतिसँग नजिक हुने चाहनाले पनि ट्रेकिङमा नेपालीको आकर्षण बढेको उहाँले बताउनुभयो ।
विश्व यात्रा तथा पर्यटन परिषद्ले केही समयअघि मात्रै सार्वजनिक गरेको सन् २०१८ को प्रतिवेदनअनुसार पनि विदेशी पर्यटकभन्दा नेपालका आन्तरिक पर्यटकले गर्ने खर्च बढी रहेको देखाएको छ । प्रतिवेदनअनुसार आन्तरिक पर्यटकको खर्च कुल खर्चको ५६ प्रतिशत छ ।

रोजाइमा यी गन्तव्य
ट्रेकिङ सहज काम होइन । उचाइ र सहज बाटो नहुँदा नहुँदै पनि यात्राका क्रममा देखिने सुन्दरताले नै यसलाई आकर्षित बनाउँछ । पछिल्लो समय विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालदेखि नेपालको सबैभन्दा ठूलो रारा तालसम्म नेपालीको आकर्षण बढेको छ । यसबाहेक विश्वकै उत्कृष्ट पदयात्रा सूचीमा परेको अन्नपूर्ण हिमाल आधार शिविर, मार्दी हिमाल आधार शिविर, लाङटाङ हिमाल आधार शिविर पनि रोजाइका गन्तव्य बनेका छन् ।
फराकिला चौरसहितको खप्तड क्षेत्र, गहिरो अनि निलो डोल्पाको शे–फोक्सुन्डो तालसम्म पनि ट्रेकिङ गर्ने प्रवृत्ति युवापुस्तामाझ बढेको छ । त्यति मात्र होइन विश्वकै शिखर सगरमाथाको आधार शिविरसम्म पनि नेपालीले ट्रेकिङ गरेका भेटिन्छन् । यद्यपि यो अन्य ट्रेकिङ गन्तव्यजस्तो नेपालीका लागि त्यति धेरै पुगिने गन्तव्य भने बनेको छैन ।
तर प्याकेजमा जाँदैनन्
कठिन मानिने भए पनि धेरै नेपालीले ट्रेकिङ भने व्यावसायिक प्याकेज खरिद गरेर नजाने पाइएको व्यवसायी सापकोटा बताउनुहुन्छ । अधिकांश नेपाली समूहमा आफ्नै तयारीसहित टे«किङमा जाने गरेको उहाँले जानकारी दिनुभयो । यसरी यात्रामा प्याकेजबिना जाँदा समस्या आउन सक्ने भए पनि भविष्यमा बिस्तारै ट्रेकिङ कम्पनीमार्फत नै जाने आधार बनेको अध्यक्ष सुवेदीको भनाइ छ । ट्रेकिङ अनुभवका लागि गोरखापत्रले गरेको कुराकानीमा पनि सबैले समूहमा मिलेर यात्रा गरेको बताउनुभयो ।

कहिलेदेखि ट्रेकिङ ?
पदयात्रा भनिने ट्रेकिङको नेपालमा व्यावसायिक सुरुवात भएको करिब सात दशक पूरा हुन लागेको छ तर त्यसअघि पनि खासगरी राणा परिवारका सदस्यले काठमाडौँबाहिर घुमघामका लागि निस्कनु परे सिन्धुपाल्चोकको हेलम्बुसम्म पदयात्रामा जाने गरेको इतिहास छ । तत्कालीन राजपरिवारका सदस्यको रोजाइमा पनि हेलम्बु हुने गरेको ट्रेकिङ व्यवसायीहरू बताउँछन् । यद्यपि नेपालमा व्यावसायिक ट्रेकिङको सुरुवात भने सन् १९५० को दशकमा हिमाल आरोहण खुला भएपछि युरोपेली र अमेरिकी पर्यटकबाट भएको मानिन्छ । लामो समय ट्रेकिङ खासगरी त्यही क्षेत्रका विदेशी पर्यटकको आकर्षणका रूपमा मात्र रह्यो ।
खर्चालु नेपाली पर्यटकले वर्षमा थोरै सङ्ख्यामा ट्रेकिङ गर्ने भए पनि पाँच वर्षयता यो धेरैको रोजाइमा परेको छ । दशैँ र तिहारको समयमा हुने लामो बिदा र मौसमको अनुकूलताले अहिलेको समयमा ट्रेकिङ जाने प्रवृत्ति बढी छ ।

संभार:गोरखापत्र अनलाइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *